दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं. १ र दुल्लु नगरपालिका वडा नं. १० लाई जोड्ने नवनिर्मित नाविस्थान खोला सडक पुल पूर्वाधार विकास आयोजना कार्यालय, सुर्खेतको मातहतमा निर्माण सम्पन्न भएको उक्त पुल एक विशेष कार्यक्रमका बीच मिति २०८३ साल असोज २८ गते स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो।